ताजा अपडेटः

भारतीय व्यापारीद्वारा भुजहवा प्रहरी चाैकी ईन्चार्जमाथि कुटपिट

कल्पना खरेल
भारतीय  व्यापारीद्वारा भुजहवा प्रहरी चाैकी ईन्चार्जमाथि कुटपिट प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार ०७:३७

नवलपरासी । पश्चिम नवलपरासीको भुजहवा प्रहरी चौकीका इन्चार्ज राजाराम यादवले भारतीय ब्यपारीहरू सँग नगद लिई अबैध मालसमान पक्राउ गर्दा भारतीय ब्यपारीहरूले कुटपिट गरेकाे कुरा बाहिर आएकाे छ ।
गत शुक्रबार ११ बजे राती महेशपुर देखि भुजहवा जाने बाटाेमा ८ जना भारतीय ब्यापारीहरूले चाैकी ईन्चार्ज राजाराम यादवलाई सामुहिक रूपमा कुटपिट गरेकाे कुरा बाहिर आएकाे छ ।
चाैकी ईन्चार्ज यादवलाई भारतीय ब्यापारीहरूले कुटपिट गरी हतियार समेत नियन्त्रणमा लिएका थिए । केही समय पछि उक्त हतियार फिर्ता दिएका छन । मोबाइल भाेली पल्ट शनिबार फिर्ता दिएका छन ।
भुजहवा चाैकीका ईन्चार्जलाई भारतीय ब्यापारीहरूले कुटपिट गरि हतियार समेत खोसेको कुरा नेपाल प्रहरी लुम्बिनी प्रदेशका डिआईजी उमेश राज जोशीले थाहा पाउने बितिकै नवलपरासी जिल्ला प्रहरी कार्यालय एस पी काजी आचार्यलाई फोन गरेर तुरुन्तै घटनाको छानबिन गर्न आदेश दिए र उक्त चौकीकाे ईन्चार्जलाई तत्काल जिल्ला प्रहरी कार्यालयमा आउन निर्देशन दिए पनि भुजहवा चौकीका ईन्चार्ज राजा राम यादवलाई उक्त चाकीमै राखिकाे छ ।
एसपी काजी आचार्यले डिएसपी भोजराज पाण्डे लाई भने चाैकी ईन्चार्जलाई त्यहाँबाट जिल्लामा बाेलाउन भने पछि उल्टै डिएसपी पाण्डेले ईन्चार्ज यादवलाई उक्त चाैकीमा बस्न भनेका छन ।
नवलपरासीको सब भन्दा बढी अबैध काराेबार हुने भुजहवा चाैकीमा जानकाे लागि जिल्ला प्रहरी कार्यालयमा टेण्डर हालेर जाने प्रचलन छ। एसपी , डिएसपी देखि प्रशासन र सुबेदार मेजर सम्मलाई मासिक बुझाउनु पर्ने चलन छ ।
यो नाकाबाट धान , चामल , चिनी हार्डवेयर लगायत ठूलो मात्रामा तस्करी हुने नाका हाे। नवलपरासीकाे सरावल गाउँपालिका वडा न.७ स्थित रहेकाे भुजहवा नाकाबाट भैंसी ,खसी बोका गिट्टी बालुवा समेत यो नाकाबाट व्यापक रूपमा अबैध काराेबार हुदै आएको छ ।
पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका डि एस पी भाेजराज पाण्डे खर्च चलाउनकाे लागि सहायक हवल्दार हैदर धाेवीलाई उठाैती उठाउनकाे लागि घुमुवा परिचालन गरेका छन ।यस अघि उक्त घुमुवाका दाइ करमुल्ला धाेवी घुमुवामा बसेका थिए नवजन प्रहार पत्रिकामा उल्लेख छ ।
भारतीय ब्यपारीहरूले अबैध तरिकाले समान ओसार पाेसार गरिरहेकाे अवस्थामा चाैकी ईन्चार्ज समान नियन्त्रणमा लिन खाेज्दा तिनीहरूले ताना तानि गरेका थिए पछि चाैकीबाट थप प्रहरी जादा उनीहरू भारत तर्फ भागेका हुन घटना पछि उक्त चाैकीमै ईन्चार्ज डियुटीमा छन जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डि ए स पी भाेजराज पाण्डेले बताए ।




Ads