ताजा अपडेटः

पश्चिम नवलपरासीले गर्याे पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना जिल्ला घाेषणा

कल्पना खरेल
पश्चिम नवलपरासीले गर्याे पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना जिल्ला घाेषणा प्रकाशित मिति: ३० असार २०८०, शनिबार २२:३५

कल्पना खरेल, नवलपरासी । स्थानीय श्राेतकाे उपयाेग, स्वास्थ र सहभागी , पूर्णखाेप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित आज पश्चिम नवलपरासीलाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना जिल्ला घाेषणा गरिएकाे छ ।
नेपाल सरकारले खाेप सेवा पाउनुपर्ने लक्षित जन्मेदेखि १५ महिना सम्मका बालबालिकालाई  लगाउनुपर्ने सबै प्रकारका खाेपहरूकाे पूर्ण मात्रा प्रदान गर्दै पूर्णखाेप  सुनिश्चित तथा दिगाेपना जिल्ला घाेषणा गरिएकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्द‌ै प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य  धुव्र बहादुर प्रधानले पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना जिल्ला घाेषणा गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला स्वास्थ कार्यालय प्रमुख तथा जिल्ला खाेप समन्वय समिति सदस्य सचिव  ओमप्रकाश पन्थीले जिल्लामा हाल खाेप पाइरहेका १५ महिना मुनिका जम्मा ६७९४ जना बालबालिका  रहेकाे र १६ महिनादेखि ५९ महिना सम्मका १९७८३ जना बालबालिकाहरू मध्ये ७ जना कुनै पनि खाेपकाे मात्रा नलगाएका र ४३४ जना खाेप छुटाएका बालबालिकाकाे पहिचान गरि सबैलाई खाेपकाे दायरामा ल्याई खाेपकाे मात्रा पूरा गराउन सफल भएकाे जानकारी गराउनुभयाे ।
नेपाल सरकारकाे निति अनुरूप हाल नेपालभर क्षयरोग, राेटा भाइरसबाट हुने झाडापखाला, पाेलियाे,स्ट्रेप्टाेकाेकस निमाेनिया, भ्यागुते राेग, लहरेखाेकी, धनुष्टंकार, हेपाटाइटिस बी, मेनिन्जाइटिस, दादुरा, रूवेला, जापनिज ईन्सेफ्लाइटिस र टाइफाइड  गरि १३ प्रकारका राेगहरू विरूद्व खाेपहरू १५ महिना उमेर सम्ममा प्रदान गरिदै आएकाे छ भने गर्भवती महिलाहरूकाे लागि २ वटा राेगहरू धनुष्टंकार र भ्यागुते राेग विरूद्व खाेप दिइदै आएकाे छ ।

त्यस्तै निकट भविस्यमा नै महिलाहरूमा हुने पाठेघरकाे मुखकाे क्यान्सर विरूद्वकाे खाेप ल्याइ २०८०/०८१ देखि नै शुरूवात गर्ने सरकारकाे तयारी रहेकाे छ ।
जिल्ला स्वास्थ्य कार्यालय  पश्चिम नवलपरासीको आयाेजना र  वरिष्ठ मलेरिया इनिष्पेक्टर देविलाल पाैडेलकाे संचालन रहेकाे कार्यक्रममा  पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कडेंल, वर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ,प्रतापुर गाउँपालिका प्रमुख उमेशचन्द्र यादव , लुम्बिनी प्रदेश स्वास्थ निर्देशनायका  निर्देशक डा. विनाेद गिरी,लगाएतले बाेल्दै घाेषणा सगै दिगाेपनामा जाेड दिनु आवश्यक रहेकाे उल्लेख गर्नुभयाे । उहाँहरूले खाेप चलिरहन्छ तर विचविचमा आउने महामारीलाई राेकथाम गर्न जिम्मेवार हुनु अहिकाे चुनाैती रहेकाेले संयमित हुन समेत आग्रह गर्नुभयाे
कार्यक्रमकाे अध्यक्षता  जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खाेप समन्वय समिति संयाेजक भगाैती यादवले गर्नुभएकाे थियाे ।




Ads