कल्पना खरेल,नवलपरासी । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सनराईज वैँक लि. सुनवल शाखाले आज सुनवल वडा नम्बर १ मा रहेको वर्थिङ सेन्टरमा ४० हजार मूल्य बराबरकाे एक थान आर ओ फिल्टर हस्तान्तरण गरेको छ । वैंकले लुम्विनी प्रदेश प्रमुख सुनिल मण्डल र सुनवल शाखा प्रबन्धक अर्जुन अर्यालको उपस्थितिमा एक कार्यक्रमकाे आयाेजना गरी सुनवल नगरप्रमुख विमला अर्याललाई उक्त फिल्टर हस्तान्तरण गरेकाे हो ।
साेहि कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले आफ्नाे सामाजिक उत्तरदायित्व अन्तर्गत सनराईज बैंकले हरेक साल विभिन्न किसिमका सामाजिक काम गर्दै आएकाेमा धन्यवाद ज्ञापन गर्दै अबका दिनमा अझ बढि रकम सामाजिक क्षेत्रमा याेगदान गर्न आग्रह गर्नुभयाे ।
नगरप्रमुख अर्यालले समाज बदल्न निजी संस्थाहरूकाे याेगदान पनि उतिनै महत्त्वपूर्ण हुने उल्लेख गर्दै साैर्दयकरणका क्षेत्रमा पनि याेगदान आवश्यक रहकाेले पार्क निर्माणका लागि पनि पहल गर्नुभयाे ।
स्थापना भएकाे १४ वर्ष पूरा भएकाे सुनवलकाे सबैभन्दा जेठाे बैंक सनराईज बैंकले विगतका वर्षहरूमा सुनवल वडा नम्बर ३ किर्तिुपुरमा साढे ३ लाखकाे बजेटमा सनराईज चाैतारी,महाकवि देवकोटा क्याम्पसमा बस्नकाे लागि ३ थान कुर्चि, काेविडकाे बेलामा रू १ लाख बराबरकाे काेविर्ड बाट वचन प्रयाेग हुने स्वास्थ सामाग्री समेत हस्तान्तरण गरि सामाजिक उत्तरदायीत्व निर्वाह गर्दै आएकाे छ ।
वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा मगरकाे संचालन रहेकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनि, स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपाने, सनराईज वैँकका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
भने उपस्थित सम्पूर्णलाई मायाकाे चिनाे समेत वितरण गरिएकाे थियाे ।