ताजा अपडेटः

सुनवलमाआफ्नै आमाकाे हत्याकाे आराेपमा २५ वर्षिय शिवकुमार पक्राउ

कल्पना खरेल
सुनवलमाआफ्नै आमाकाे हत्याकाे आराेपमा २५ वर्षिय शिवकुमार पक्राउ प्रकाशित मिति: १२ असार २०८०, मंगलवार २२:१०

कल्पना खरेल,नलपरासी । पश्चिम नवलपरासीको सुनवलमा धारिलो हतियार प्रहार गरि सुनवल नगरपालिका वडा नम्बर १३  बिचौयापुर बस्ने  अन्दाजी ५० वर्षिय बुद्धरानी मुसहरकाे हत्या गरिएकाे छ ।
साेमबार साँझ ४ बजे उनकाे आफ्नै घरमा टिनले छाएकाे ढाेका समेत नभएकाे कच्ची घरभित्र धारिलो हतियार प्रहार गरि हत्या गरिएकाे अवस्था फेला परेकाे हाे ।
मृतकको  परिवारमा २५ वर्षिय छाेरा शिवकुमार मुसहर र श्रिमान रहेका छन । घटनाभए पश्चात छाेरा शिवकुमार फरार रहेको प्रहरीले जनाएको छ ।
फरार रहेको उनलाई विशेष सुचनाको आधारमा आज बिहान ८ बजेको समयमा रुपन्देहीको गैडँहवा ८ मैनिहवाबाट जिल्ला प्रहरी कार्यलय नवलपरासीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
दैनिक ज्यालामजदुरी गर्ने श्रीमान सो दिन पनि साझँ ६:२५ मा घर फर्किदा श्रिमतीको शव रताम्मे अवस्थामा देखि प्रहरीलाई खबर गरेका थिए ।
शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी राखिएको प्रहरीले जनाएको छ ।

 

 

 




Ads