ताजा अपडेटः

नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित

कल्पना खरेल
नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित प्रकाशित मिति: ७ असार २०८०, बिहीबार २१:०१

काठमाण्डाै । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएकाे छ ।

जिम्बावेले दिएकाे ३ सय ४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयाे । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान राेहित पाैडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका जेसन हाेल्डरले ३ विकेट लिए ।

यसअघि हरारेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायाे । वेस्ट इन्डिजका शाई हाेप र निकाेलस पुरनले शतक बनाए । हाेप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

याे जितसँगै वेस्ट इन्डिज २ खेलमा ४ अङ्कसहित समूह ‘ए’ काे शीर्ष स्थानमा पुगेकाे छ । नेपाल ३ खेलमा २ अङ्कसहित चाैथाे स्थानमा छ । नेपालले अब पर्सि शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

विश्व कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा वेस्ट इन्डिजसँगै जिम्बाब्वे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल र वेस्ट इन्डिजकाे याे पहिलो खेल हाे । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो ।




Ads