प्युठान – प्युठानको भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएकाे छ । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री चढेकाे लु १ च ६३४५ नम्बरकाे जीप भिङ्ग्रीकाे भ्यागुतेमा दुर्घटनामा परेकाे थियाे । दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जनाकै ज्यान गएकाे हाे ।
ज्यान गुमाउनेमा जीप चालक दाङकाे लमही नगरपालिका–५ का ताराबहादुर कुमाल, तुलसीपुर–१५ की ३५ वर्षीया सरीता शर्मा पोखरेल, उहाँका १४ वर्षीय छोरा विशाल पोखरेल र ९ वर्षीय छोरा विकास पोखरेल, लमही–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया राधा नेपाली र उहाँका ९ वर्षीय छोरा आदित्य शाहको ज्यान गएकाे छ । ज्यान गुमाउनेमध्ये एक जनाकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले बताउनु भयाे ।
मृतक सबैको शव जिल्ला अस्पताल प्युठानमा राखिएकाे थापाले जानकारी दिनुभयाे ।