ताजा अपडेटः

जन्म र मृत्यु सगँ प्रत्येक्ष सराेकार राख्ने वनकाे संरक्षण गर्नुपर्नेमा नगरप्रमुख अर्यालकाे जाेड

कल्पना खरेल
जन्म र मृत्यु सगँ प्रत्येक्ष सराेकार राख्ने वनकाे संरक्षण गर्नुपर्नेमा नगरप्रमुख अर्यालकाे जाेड प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार ०६:४८

सुनवल । सुनवल नगरपालिकाकाे नगरप्रमुख बिमला अर्यालले जन्म र मृत्यु सगँ प्रत्येक्ष सराेकार राख्ने वनकाे संरक्षण र सम्बर्द्धनमा हरेक नागरिक सचेत हुनुपर्नेमा जाेड दिनुभएकाे छ ।
एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले वनलाई जाेगाउन सके आइपर्ने प्राकृतिक प्रकाेपहरूकाे नियन्त्रण गर्न सकिने मात्र नभई दैनिक आवश्यकता सरल र सहज बन्ने विचार व्यक्त गर्नुभयाे ।
वन खाना, दाउरा, घाँस मात्र नभई ओैषधीकाे लागि जडिबुटी र कच्चापदार्थकाे मुख्य स्राेत पनि रहेकाेले वनलाई संरक्षण गर्न नसके मानवीय अस्तित्व समेत लाेप भएर जानेमा दुईमत नभएकाे जिकिर गर्नुभयाे ।

शनिबार सुनवल नगरपालिका भित्रका वन क्षेत्रका सरोकारवालाहरुको वार्षिक भेला कार्यक्रम अन्तर्गत सामुदायिक वनहरूकाे समिक्षा वैठकलाई सम्बाेधन गर्दै उहाँले यस्ताे कुरा बताउनुभएकाे हाे ।साेहि क्रममा उपस्थित सबैलाई स्वागत गर्दै वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक हिमलाल शर्मा चापागाईले स्वीकृत वार्षिक कार्यक्रमबाट जिल्लाभित्र गरिएको वृक्षारोपणसँगै त्यसको संरक्षण र व्यवस्थापन काम,विरुवा उत्पादन, अहिले साे वन क्षेत्रकाे अवस्था लगायतका विषयमा वैठकमा जानकारी गराउनुभएकाे थियाे ।
नगरभित्रका १६ वटा वनकाे सराेकारवालाकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा सामूदायिक वन उपभोक्ता महासंघ नगर अध्यक्ष कर्ण बहादुर सेन, सामूदायिक वन उपभोक्ता महासंघका जिल्ला उपाध्यक्ष डिलकराज डुम्रे, सामूदायिक वन उपभोक्ता महासंघका प्रदेश सदस्य दीर्घ नारायण अर्याल, सामूदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य टिचन गुरुङ र सुनवल नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत भक्तिराम मरासिनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियो ।


सुनवल नगरपालिकाको आयाेजनामा सम्पन्न बैठककाे संचालन वन वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख अधिकृत छैठौं चक्रपाणी भण्डारीले गर्नुभएको थियो ।वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक हिमलाल शर्मा चापागाईको अध्यक्षता तथा सुनवल नगरपालिका नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा अध्यक्षतामा वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न भएको हो ।




Ads