ताजा अपडेटः

वडाले गरेन कुनैपनि सहयाेग / हामी मेयरकप खेल बहिस्कार गर्छाै:- वडा नम्बर १२ का खेलाडिहरू

कल्पना खरेल
वडाले गरेन कुनैपनि सहयाेग / हामी मेयरकप खेल बहिस्कार गर्छाै:- वडा नम्बर १२ का खेलाडिहरू प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार ०७:४२

कल्पना खरेल, नवलपरासी । सुनवल नगरपालिका वार्ड नं १२ का सम्पुर्ण फूटबल खेलाडीहरुद्वारा यहि जेष्ठ ६ गते बाट सुरु हुन गइरहेको छैठो मेयर कप फूटबल प्रतियोगितामा भाग नलिने प्रतिबद्धता जनाएका छन् ।

वार्डले अहिले सम्म खेल र खेलाडि प्रति कुनै चासो नदिएकाे गुनासाे गर्दै जेष्ठ ६ गते हुन गइरहेकाे मेहरकप फुटवलमा भाग नलिने बताएका हुन् ।

साथै खेलाडिहरूलाई वडाले अहिलेसम्म कुनै पनि खेलकुदका सामग्री उपलब्ध नगराएकाेमा खेद प्रकट गर्दै अभ्यास नभएका कारण हार्ने सम्भावना रहेकाे जिकिर गरेका छन् ।

खेलाडिहरूले आफ्नाे टिममा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडि भएर पनि वडाले कत्तिपनि परिचालन गर्न नसकेकाेले खेलाडि यतिबेला निरास देखिएकाे नवलपरासी खबरलाई बताएका छन् । उपलब्धि हासिल गर्न नसक्ने अवस्था रहेकाे दुखेकाे पाेखेका छन् ।

हाम्रो पहिलो खेल ४ दिन पछी छ तर अहिले सम्म वार्डले कुनैपनि वास्ता नगरेकाेले खेल बहिस्कार गर्नु हाम्रो रहन हाेइन बाध्यता भएकाे खेलाडिहरूले गुनासाे गरेका छन् ।