प्रदिप न्याैपाने,धनगढी । भारतबाट राेजगार गरि नेपाल फर्कने क्रममा धनगढी बाट नजिक गाैरिफन्टा सिमा नाकामा आज एक बृद्व व्यक्तिको मृत्यु भएकाे छ ।
लामाे समयदेखि दुवै मृगौला पिडित डाेटि जिल्लाकाे शिखर नगरपालिका पागरी गाउँका ६० वर्षिय बाजी पार्किकाे घर फर्कने क्रममा बाटाेमै मृत्यु भएकाे हाे ।
हिजो भारतको तामिलनाडुबाट नेपाल फर्केका बाजि पार्की आफ्नो देश नपुग्दै मृत्यु भयो । उनी सगँ उनका दुई छोरा पनि साथमा रहेका थिए ।
लामाे समयदेखि दुवै मृगाैला पिडित बाजि, म त आफ्नै देश नेपाल जान्छु, आफ्नै गाउँघर गएरै बाकी जीवन कटाउन्छु र आफ्नै परिवारकाे काखमा मर्छु भनेर बाबाले सुनाउने गर्नुहुन्थ्याे तर बाबाकाे सपना पूरा भएन भन्दै भक्कानिए उनका छाेरा ।
नेपाल भूमि नटेक्दै निधन भएका पार्कीकाे शव नेपाल पुर्याउने पैसा पनि नभएका कारण शव र दुई छोरालाई साे क्षेत्रमा संचालित नेपाली बिधुतिय अटाे चालकहरुले केही रकम जम्मा गरि सब नेपाल ल्याईएकाे धनगढीबाट नवलपरासी खबरका सम्बाददाता प्रदिप न्याैपानेले बताएका छन् ।
गौरीफन्टा त्रिनगर हेल्थ डेक्स सहयोगमा त्यो सब डोटी स्थित उनको गाउँ पागरी पुर्याइएकाे छ भने उनको निधन बिहान करिब १० बजे भएको थियो ।
उनी त प्रतिनिधि पात्र मात्र हुन् हजाराै नेपालीहरू भारतमा श्रम बेच्न बाध्य छन् भने दैनिक जस्ताे यस्ता घटनाहरू दाेहाेरिने गर्दछ ।