नवलपरासी । आज भएकाे अधिवेशनबाट नेपाल प्रेस युनियन पश्चिम नवलपरासीको अध्यक्षमा उमेश कुमार विक चयन हुनु भएको छ ।
सरावलमा सम्पन्न ११ औं जिल्ला अधिवेशनले अध्यक्षमा विक सहित १७ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।
जसको उपध्यक्षमा खुल्लामा सञ्जिव कोइराला र समावेशी उपाध्यक्षमा सद्दाम हुसेन अन्सारी, सचिवमा अनिल यादव, महिला सह-सचिवमा शुशिला पाण्डे, कोषाध्यक्षमा श्याम बुचा मगर र सह-कोषाध्क्षमा नन्दु यादव सर्वसम्मतले चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा पुजा लम्साल, राज चौधरी, श्याम बन्दन हरिजन, सिकेन्द्र साहनी, सहमान मिया, ज्ञानेश्वर साहनी, रञ्जित कोहार, सञ्जय कुशवाह, हृदेश गुप्ता रहनु भएको छ ।
प्रेश युनियनका जिल्ला अध्यक्ष पुरुषोत्तम सुवेदीको अध्यक्षता तथा संविधानसभा सदस्य एबम् प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख आतिथ्यता रहेको अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि कलवारले इमान्दारी र निष्ठा पूर्वक पत्रकारिता गर्न आग्रह गर्नु भयो।
कार्यक्रममा प्रेश युनियन प्रदेश सदस्य रवीन्द्र चापागाईं, पूर्व अध्यक्ष अनिल यादव,आर पि उपाध्याय,प्रदेश महा-सचिव नवीन गिरि, जिल्ला शाखा अध्यक्ष हरि शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियो।