ताजा अपडेटः

बुद्ध बचत तथा ऋण सहकारी सस्था लि.काे नियमित बैठक सम्पन्न

कल्पना खरेल
बुद्ध बचत तथा ऋण सहकारी सस्था लि.काे नियमित बैठक सम्पन्न प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार १९:०६

कल्पना खरेल, सुनवल । बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.सुनवल-३ काे संचालक समितिको नियमित बैठक सम्पन्न भएकाे छ ।

सस्थांका अध्यक्ष युवलाल बुढाथोकीको अध्यक्षतामा तथा संस्थाका सल्लाहकार एवम् वदा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतित्थ्यतामा सम्पन्न बैठकमा सल्लाहकार रन बहादुर पुन,लेखा समितिका संयोजक हरी प्रसाद पुन लगाएतको उपस्थिति रहेको थियो ।


सम्पन्न बैठकले सस्थांको गत महिनामा भएको गतिविधिको समिक्षा, सेयर सदस्यबाट उठाउनु पर्ने ऋण, असुली सेयर पुजी लगएतको बिभिन्न बिषयमा छलफल गरी गरिएकाे छ ।

त्यसैगरी आगामी बार्षिक साधारण सभा सम्म संचालक समितिले कुनै पनि संस्थामा आएको निवेदन प्रति निर्णय नगर्ने समेत बैठकबाट पारित भएको छ ।


साथै यहि बैशाख १८ गते सोमबा बिहान ठिक ११ बजे वडा नम्बर ३ नदुवामा अवस्थित महिला उधमी केन्द्रको सभाहलमा संस्थाको संचालक समिति, लेखा समिति, सल्लाहकार र अन्य सेयर सदस्यहरूकाे समेतको उपस्तिथिमा सहकारी सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिने संस्थाका सल्लाहकार मन बहादुर थापा मगरले जानकारी दिनुभएकाे छ ।




Ads