ताजा अपडेटः

बर्दघाटको खजुरा खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास

कल्पना खरेल
बर्दघाटको खजुरा खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार १४:०९

सुरेश यादव,परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गत वडा न. ५ र १६ जोड्ने खजुरा खोलामा पक्की पुल निमार्णका लागि शिलान्यास गरिएको छ ।

उक्त पुलको आज प्रतिनिधिसभा सदस्य विनोद चौधरीले शिलान्यास गर्नुभएकाे हाे । कुल रु ९ करोड ७७ लाखको लागतमा ३० महिना भित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको पुल संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा निर्माण हुन लागेको हो ।


पुल को शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य चौधरीले ठेकेदार कम्पनीले तोकिको समय भित्रै काम सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुल निमार्णपछि त्रिवेणी धाम पुग्न सबैभन्दा नजिकको बाटो हुने विश्वास लिइएको छ ।


७५ मिटर लम्बाइ र ११ मिटर चौडाइमा निर्माण हुने पुल निर्माण भएपछि नवलपरासी ( बर्दघाट– सुस्ता पश्चिम ) जिल्लाको ग्रामीण क्षेत्रको यातायातको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।




Ads