कल्पना खरेल नवलपरासी । डिप्राेस लघुवित्त वित्तीय संस्थाले आफ्नाे ग्राहक सदस्य लगाएत स्थानियलाई वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम संचालन गरेकाे छ ।
डिप्राेस लघुवित्त वित्तिय संस्था ली.शाखा कार्यालय वालिङले यहि चैत्र २ र ३ गते गरि २ दिने साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम संचालन गरेकाे हाे ।
उक्त वित्तीय साक्षरता तथा ग्राहक सदस्य उत्प्रेरणा कार्यक्रममा चापकाेट नगरपालिका वडा नम्बर ४ काे मलाङ्काेटमा ६० जना त्यसैगरी वालिङ नगरपालिका वडा नम्बर ७ काे ताप्केमा ४२ जना गरि कुल १ सय २ जना ग्राहक सदस्य लगाएत स्थानीयकाे सहभागीता रहेकाे थियाे ।
शाखाका प्रमुख बासुदेव चाैलागाई प्रमुख प्रशिक्षक रहनुभएकाे साे कार्यक्रममा विक्रम जि.सी. र सुनिता थापाले पनि प्रशिक्षककाे भुमिका निर्भाह गर्नुभएकाे थियाे ।
डिप्राेस लघुवित्त वित्तीय संस्था शाखा कार्यालय वालिङले चैत्र महिना भरिनै ग्राहक सदस्यलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम अभियानकै रूपमा संचालन गर्ने जनाएकाे छ ।