ताजा अपडेटः

नेपाल भारत सिमामा एसएसपि को दादागिरी

कल्पना खरेल
नेपाल भारत सिमामा एसएसपि को दादागिरी प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार १०:०७

 

प्रदिप न्यौपाने,धनगढी । भारत सगँ नेपालकाे राेटि र बेटिकाे सम्बन्ध प्रगाढ भएपनि भारतीय सिमा नाकामा तैनाथ एसएसपीले नेपाली महिलालाई बारम्बार दुख दिइरहेको छ ।

भारत सगँ खुला सिमा नाकाका कारण नेपालीहरु किनमेल र राेजगारका सिलसिलामा भारत जाने गर्दछन् तर सिमामा तैनाथ एसएसपी कमाण्डरको ज्यदतीले नेपाली महिला लाई दुख भोग्नु परेको हाे ।

जसका कारण नेपाल र भारतको सम्बन्धमा केही दरार देखिएकाे छ ।

धनगढीबाट नजिक पर्ने गाैरीफन्टा सिमानाकामा सामान किन्न गएका नेपाली महिलालाई चेक गर्ने बहानामा पैसा माग्ने र नदिएकाे खण्डमा विभिन्न आराेप लगाई बारम्बार दुब्यवहार गर्ने गरेकाे नाम नखुलाउने सर्तमा एक पिडित नेपाली महिलाले गुनासाे गरेकी छिन् ।

त्यसैगरी घरायसी प्रयाेजनका लागि ल्याईएका सामानलाई भारतीय एसएसपीले पैसा दिएकाे खण्डमा छाेड्ने गरेकाे भारतिय पत्रकारले बताउने गरेकाे धनगढीबाट नवलपरासी खवरका सम्बाददाता प्रदिप न्याैपानेले बताएका छन् ।




Ads