सागर पौडेल,सुनवल। द पायनियर इंलिस बोडिङ सेकेण्डरी स्कुल सुनवल नवलपरासीको २२ औ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा प्याव्सन केन्द्रिय सचिव सुर्वण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयका शिक्षक यादव भट्टराई र पुर्व अध्यक्ष यज्ञ प्रसाद पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथि सुर्वण न्यौपानेले बिधालय शिक्षक ,अभिभावक र बिद्यार्थी बिचको सम्बन्ध त्रिकोणात्मक रुपले अगि बढ्ने हो भने शैक्षिक स्तर अझ माथी उठ्ने बताउदै सामुदायिक बिधालयले आफुले उत्पादन नगरी निजि बिधालयले उत्पादन गरेका बिधार्थिलाई आफू तिर आकर्षित गरि रिजल्ट राम्रो बनाउने प्रबृत्ति रहेको बताउनु भयो । साथै कोभिड्को बेला शिक्षा लाई खस्किन नदिनको लागि इन्टरनेट को ब्यबस्था गरेर अनलाईन कक्षा सन्चालन गर्नु पर्ने बाध्यता भयता पनि अब आफ्ना बाल बच्चा लाई मोबाइल ल्यापटप बाट टाढै राख्न साथै बाल बच्चाको अगाडि मोबाईल नचलाउन समेत अभिभावक लाई आग्रह गर्नु भयो ।
विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद शर्माले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सुनवल नगरपालिका वडा नं १ का वडाध्यक्ष मनबहादुर थापा, प्याप्सन प्रदेश सचिव धनराज चापागाई, विद्यालयका पुर्व सञ्चालक अध्यक्ष यज्ञ प्रसाद पाण्डे, जिसन नवलपरासीका अध्यक्ष डम्मर गुरुङ उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, प्याव्सन नवलपरासीका सल्लाहकार ईन्द्र गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा दीर्घसेवा र उत्कृष्ट कर्मचारी, २०७७, ७८ को एस.ई. ई का बिद्यार्थी लाई पुरस्कार,
विभिन्न खेलमा सहभागी भैइ बिजेता भएका बिद्यार्थीलाई सम्मान,विभिन्न विद्यामा उत्कृष्ट विद्यालयबाट पास भई डाक्टर इन्जिनियर शिक्षक र सरकारी पेशमा आवद्ध विद्यार्थीलाई सम्मान,अभिभावक खेलकुदमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालय प्राङगणमा सम्पन्न कार्यक्रममा बिद्यार्थीहरु द्वारा विभिन्न किसिमका सास्कृतिक कार्यक्रम हरु बिद्यार्थी बनाएका कलाहरु प्रदर्शन गरिएको थियो ।