ताजा अपडेटः

दुईवटा विधेयक  संशोधन तथा दुई नयाँ विधेयक पारित गर्दै सुनवल नगरसभा आज सम्पन्न

कल्पना खरेल
दुईवटा विधेयक  संशोधन तथा दुई नयाँ विधेयक पारित गर्दै सुनवल नगरसभा आज सम्पन्न प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार १९:१६

कल्पना खरेल,सुनवल । दुईवटा विधेयक  संशोधन तथा दुई नयाँ विधेय पारित गर्दै  सुनवल नगरपालिकाकाे नगरसभा आज सम्पन्न भएकाे छ ।

आज सम्पन्न बाह्रौँ नगर सभाले खानेपानी तथा सरसफाई सम्बन्धी ऐन २०७७ प्रथम संशोधन विधेयक र नयाँमा स्वास्थ्य  सेवा ऐन विधेयक २०७९ विधेयक गरि दुई वटा विधेयक सामाजिक विकास समितिकी संयोजक भगवती बस्यालले  पेस गर्नुभएकाे  नगर सभामा बहुमतले पारित गरेको हाे ।

आर्थिक विकास समितिका संयोजक देउ गुरुङ्गले पेश गर्नुभएकाे विधेयक सहकारी ऐन २०७५ को प्रथम संशोधन विधेयक र भू–उपयोग योजना २०७९  बहुमतले पारित भएको छ ।

नगर सभाले लेखा समितिको प्रतिवेदन प्रस्तुत लेखा समितिका सदस्य सचिव राजेन्द्र प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएकाे प्रतिदेन सभामा बहुमतले पारित भएको छ ।

नगर सभामा नगरप्रमुख बिमला अर्यालले प्रस्तुत गर्नुभएकाे पाँच बर्षे योजना तथा कार्यक्रम समेत पारित नगर सभाका बहुमतले  पारित भएको थियो ।


बाह्रौँ नगर सभा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुबेले नीति तथा कार्यक्रम योजनाहरू प्रस्तुत गदै आ वा २०७९/८० मा १ अर्ब १८ करोड १८ लाख रहेकोमा आर्थिक विकास तर्फ १० करोड ४१ लाख ६० हजार, सामाजिक विकास तर्फ ४१ करोड ८८ लाख ५९ हजार, पूर्वाधार विकास तर्फ ३९ करोड ८५ लाख र सुशासन अन्तरसम्बन्धी क्षेत्र तर्फ ९ करोड ३९ लाख ३९ हजार बजेट विनियोजित गरिएकोमा हालसम्म संघ प्रदेश सरकारबाट निकास २७ करोड ९७ लाख ४७ हजार र आन्तरिक राजश्व तर्फ ३ करोड २८ लाख ७१ हजार रहेको बताउनुभएकाे छ ।

गत आ.वा वार्षिक मौज्दात २७ करोड १३ लाख ४६ हजार राजश्व बाँडफाँडबाट ५ करोड ६७ लाख गरी नगरपालिकाको सञ्चित कोषमा ६३ करोड ४० लाख ५३ हजार रकम जम्मा रहेको  उपप्रमुख दूवे जानकारी दिनुभयाे ।

उहाँको अनुसार चालुतर्फ खर्च २१ करोड ८४ लाख ९३ हजार र पुँजीगत तर्फ २२ करोड ६ लाख खर्च भएको अर्थात् ३३ प्रतिशत खर्च भएको छ ।

नगर सभामा सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले बन तथा विपत व्यवस्थापन मातर्फ संवेदनशील क्षेत्रमा नाली तथा जाली अभियान सुरुवात गरिएको र नगरपालिकालाई टोेल विकास संस्था मार्फत् समग्र बन तथा वातावरण व्यवस्थापन गरी  पूर्ण सरसफाईयुक्त नगरपालिकाका घोषण कार्य आरम्भ भएको बताउनुभयाे ।


सुनवल नगरपालिकालाई महिलामैत्री नगरपालिका बनाउने, पोषणयुक्त नगरपालिका, नो होम डेलिभरी नगरपालिका घोषण गर्ने प्रक्रिया अगाडि बढाइएको नगरप्रमुख अर्यालले जानकारी दिनुभयाे ।

सुनवल नगरपालिकालाई उज्यालो नगर घोषण धूवाँमूक्त नगर घोषण गर्ने, लैगिंकमैत्री नगरपालिका घोषण नगरलाई छुवाछुत नगरपालिका घोषण गर्ने र कृषि क्षेत्रमा १ वडा १ पहिचानयुक्त कृषि उत्पादन १ वडा १ पहिचानयुक्त उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने अर्यालले बताउनुभयाे ।

सुनवल नगरपालिकाले विगतमा आ.वा ७४ वटा कानून निर्माण गरेको र यस आर्थिक वर्षमा १६ वटा कानून निर्माण गरी कार्यान्वयन रहेको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरामिनीले जानकारी दिनुभयाे ।

नगर सभामा कार्यपालिका सदस्य वडा अध्यक्ष तथा वडा सदस्यहरूले आफ्नाे-आफ्नाे धारण राख्नुभएकाे थियाे ।




Ads