कल्पना खरेल,सुनवल । प्रथम सुन्दरबस्ती कप खुला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा सम्झना यूवा क्लब र बिग बुद्व यूवा क्लब विजयी भएका छन् ।
निकैनै राेचक र प्रतिस्पर्धात्मक भएकाे आजकाे पहिलाे खेलमा राईजिङ्ग ब्वाइज शितलनगरलाई शून्यका विरूद्व २ गाेल गर्दै सम्झना यूवा क्लब विजयी भएकाे हाे ।
त्यसैगरी आजै भएकाे दाेस्राे खेलमा किर्तिपुर २ नम्मर VS बिग बुद्व क्लबले खेल अबधिभर बराबरी१-१ गाेल गरेपछि ट्राइबेकरका आधारमा खेल पेनान्टि सुटआउटमा गएकाे थियाे ।
पेनाल्टी सुटआउटका आधारमा बिग बुद्व क्लब विजयी भएकाे हाे ।
आजकाे पहिलाे खेलमा सर्वाधिक गाेलकर्ता सम्झना यूवा क्लबकम जर्सि नम्बर ९ का खेलाडि प्रशान्त केसी म्यान अफ द म्याच घाेषित भएका थिए ।
भने दाेस्राे खेलमा बिग बुद्व यूवा क्लबका जर्सि नम्बर १ का गाेल रक्षक अमित लामा म्यान अफ द म्याच घाेषित भएका थिए ।
भाेलीकाे खेल लुम्बिनी मा.वी VS नवीन टाेल एफ. सि. विच पहिलाे खेल विहान ८ बजे , तिलाेत्तमा ११ VS तिलकाना यूथ क्लब विच दाेस्राे खेल दिउँसो १ बजे र सनराईज एफ.सी VS चारपाला सुनवल -७ विच अन्तिम खेल दिउँसो ३ बजे कडा प्रतिस्पर्धा हुने आयाेजक टिमले जनाएको छ ।
फाल्गुन १६ गते सम्म संचालीत उक्त प्रथम सुन्दरबस्ती खुला नकआउट फुटवल प्रतियोगिताकाे नवलपरासी खवरले निरन्तर प्रत्येक्ष प्रसारण गर्नेछ ।