ताजा अपडेटः

प्रथम बिग बुद्व नकआउटका फुटवल प्रतियोगिताकाे आजकाे क्वाटरफाइनल खेलमा नव नेपाल किसान युवा क्लब (दबिला) विजयी

कल्पना खरेल
प्रथम बिग बुद्व नकआउटका फुटवल प्रतियोगिताकाे आजकाे क्वाटरफाइनल खेलमा नव नेपाल किसान युवा क्लब (दबिला) विजयी प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार ०५:११

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवलमा जारी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आजकाे क्वाटरफाइनल खेलमा नव नेपाल किसान युवा क्लब (दबिला) विजयी भएकाे छ ।
विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा भएकाे आजकाे खेलमा गौतम बुद्ध सामुदायिक खेलकूद प्रतिष्ठानलाई पेनाल्टी सुटआउटमा हराउदै नव नेपाल यूवा क्लब ( दबिल्ला ) विजयी भएकाे हाे ।
खेल अबधिभर निकैनै उत्कृष्ट प्रर्दशन गरेका दुवै टिमले १-१ काे बराबरी गरेपछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे ।
आजकाे खेलमा नव नेपाल किसान युवा क्लब ( दबिल्ला) का गोल रक्षक जर्सि नम्बर १, गाेल रक्षक म्यान अफ द म्याच घाेषित भएका छन्       ।
भाेलीकाे खेल बर्दघाट नगरपालिका VS सुनवल -८ विच प्रर्तिस्पर्धात्मक खेल हुने आयाेजक क्लबका अध्यक्ष सन्जिब लामाले बताउनुभएकाे छ ।
व्यवस्थित पार्किङ्ग,ताजा खाजाकाे व्यवस्था र फ्रि वाईफाईकाे सुविधा रहेकाे यस खुला नकआउट फुटवल प्रतियोगिताकाे खेल अवधिभर नवलपरासी खवरले आफ्नाे फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।




Ads