ताजा अपडेटः

लघुवित्त पिडित महिलाद्धारा परासीमा प्रदर्शन

कल्पना खरेल
लघुवित्त पिडित महिलाद्धारा परासीमा प्रदर्शन प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार १६:५९

 

 

 

परासी । लघुबित्तिय संस्थाले चर्को व्याज असुली र फर्जी तमसुक बनाएर पिडितलाई झनै पिडित बनाएको भन्दै पश्चिम नवलपरासीको लघुबित्तिय संस्था सर्घष समितिले आज विरोध प्रदर्शन गरेको छ ।

बित्तिय संस्थाले जबरजस्ति सावा र व्याज तिर्न दबाब दिने, जग्गा रोक्का गरीदिने, एउटाले पैसा नतिने समुहका सम्पूणर्को पैसा बचतबाट काट्ने, नक्कली तमसुक बनाएर सर्वसाधारणलाई झुक्याउने गरेको भन्दै पिडितहरुले आज सदरमुकाम परासीमा प्रदर्शन गरेका हुन् ।

पिडितहरुले सरकारी पक्षले पिडित पक्षमा भन्दा वित्तिय संस्थाको पक्षमा ओकालत गरेको आरोप लगाउदै सामुहिक ऋण तत्काल मिनाहा गर्न माग गरेका छन् ।

 

 

साथै उनिहरुले देशभरका लघुवित्तिय संस्थाहरुले महिला दिदिबहिनीलाई सहुलियत व्याजमा कर्जा दिने बाहानामा उल्टो समयमा किस्ता र व्याज नदिएको भन्दै मानषिक तनाम दिई आत्महत्या गर्न बाध्य गराएको समेत आरोप लगाएका छन् ।

अनियमितता गर्ने वित्तिय संस्था खारेज गर्नुपर्ने लगाएतका पाचँ बुदे माग राख्दै आन्दोलनमा उत्रिएकोे लघुवित्तिय संस्था सघंर्ष समितिका जिल्ला सदस्य मोती शर्माले बताउनुभएको छ ।

हाल जिल्लामा करिब ४५ हजार महिला दिदिबहिनीहरुले लघुबित्त संस्थाबाट ऋण लिएका छन् ।




Ads