कल्पना खरेल,सुनवल । गएराती पश्चिम नवलपरासीकाे रामग्राम स्थित पाल्ही कन्ट्रक्सन प्रा.लि बाट ६३ लाख भन्दा बढि मूल्य बराबरकाे चिनी बरामत गरीएकाे छ ।
विशेष सुचनाकाे आधारमा राति ७:३० बजे राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अधिकृतको टोली, ससस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेक्व परासीबाट प्रहरी निरीक्षकको टोली र जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा २५ जनाको संयुक्त टोलीले रामग्राम न.पा. ८ लोसडा स्थित पाल्ही कन्ट्रक्सन प्रा.लि.मा खानतलासी गर्दा अबैध रुपमा लुकाई छिपाई राखेको १६८३ बोरा चिनि बरामत गरेकाे हाे ।
बरामत गरीएकाे चिनी प्रतिबाेरा ५० के.जी.( प्रति के.जी.रू.७५ रू.) का दरले अन्दाजी मूल्य ६३ लाख ११ हजार २ सय ५० रूपैया रहेकाे प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेयले बताउनुभएकाे छ ।
नियन्त्रणमा लिईएकाे चिनीलाई थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय बुटवल तर्फ पठाउने कार्य भइरहेकाे समेत
उहाँले जानकारी दिनुभयाे ।