ताजा अपडेटः

पश्चिम नवलपरासीको सरावल गाउँपालीका ४ बाट फरार प्रतिवादी नियन्त्रणमा

पश्चिम नवलपरासीको सरावल गाउँपालीका ४ बाट फरार प्रतिवादी नियन्त्रणमा प्रकाशित मिति: २८ पुष २०७९, बिहीबार १८:५९

कल्पना खरेल,सुनवल।आज पश्चिम नवलपरासीको सरावल गाउँपालीका वडा नम्बर ४ बाट विभिन्न मुद्धामा फरार प्रतिवादी नियन्त्रणमा लिईएको छ ।
बिशेष सूचनाको आधारमा अदालतबाट बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैशला भई लुकिछिपी बसेको अवस्थामा प्रहरी नायव निरिक्षक गोकणर् चौहानको कमाण्डमा खटिएको टोलीले सो ठाउँबाट फरार प्रतिवादी नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएकोमा फरार प्रतिवादीमा सरावल गाउँपालीका वडा नम्बर ४ का अन्दाजी २५ वर्षकी सरोजा कुमारी अहिर बहु बिवाहको केशमा रु ५०० जरिवना र सोहि ठाउँका अन्दाजी ५५ वर्षका बृज केवट गाली बैजत केशमा रु १५ सय जरिवना फैसला रहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेयले बताउनुभएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय हुदै जरिवाना तथा सजाय कार्बाहीको लागी जिल्ला अदालत नवलपरासी पठाईएको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।



Ads