ताजा अपडेटः

मुलपानी सामुदायिक वन उपभोक्ता समुह द्धारा आफ्ना उपभोक्तालाई विभिन्न सामाग्री र रकम हस्तारण

कल्पना खरेल
मुलपानी सामुदायिक वन उपभोक्ता समुह द्धारा आफ्ना उपभोक्तालाई विभिन्न सामाग्री र रकम हस्तारण प्रकाशित मिति: २७ पुष २०७९, बुधबार १८:३६

सुनवल। पश्चिम् नवलपरासीको सुनवल नगरपालीका वडा नम्बर ४ मा रहेको मुलपानी सामुदायिक वन उपभोक्ता समुहले आज गरीवी निवारण तथा आयआर्जन वृद्धि कार्यक्रम अन्तर्गत विभिन्न सामाग्री र रकम हस्तान्तरण गरेको छ ।

मुलपानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष यज्ञप्रसाद पाण्डेको अध्यक्षता र लुम्बिनी प्रदेशसभा सदस्य खड्क बस्नेतको प्रमुख आतित्थ्यतामा इलेक्ट्रोनिक्स स्प्रे ट्राङ्की ,बाख्राको पाठि, व्यवसायिक तरकारी खेतीका लागी र गोठ सुधार कार्यक्रम अन्तर्गत रकम हस्तान्तरण गरेको हो ।

संस्थाको आर्थिक वर्ष २०८९/०८० को वार्षिक निति तथा तथा कार्यक्रम अन्तर्गत पहिलो चरणमा सामुदायिक वनको उपभोक्ताहरुमध्ये बाट निरिक्षण गरी ४० जनालाई इलेक्ट्रोनिक्स स्प्रे ट्रयाङ्की, २४ जना उपभोक्तालाई बाख्राको पाठी, २ कठ्ठा भन्दा बढि जग्गामा व्यवसायिक तरकारी खेती गरीरहेका उपभोक्ताबाट १५ जनालाई १०-१० हजार र व्यवसायीक पशुपालन गरेको उपभोक्ताबाट २ जनालाई गोठ व्यवस्थापनका लागी भनी ३ लाख रकम दिईएको थियो ।

संस्थाले लक्ष्य अनुरुप कार्य सम्पन्न गर्नका लागी संस्थाका कार्यसमितिका उपाध्यक्ष प्रभुलाल मौर्यको संयोजकत्वमा ५ सदस्यीय गरीवी निवारण उपसमिति गठन गरेको थियो । सोहि उपसमितिको निरीक्षणको आधारमा इलेक्ट्रोनिक्स स्प्रे ट्रयाङ्की,बाख्राको पाठि र रकम वितरण गरीएको मुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पाण्डेले बताउनुभएको थियो ।

साथै उहाँले संस्थाले दिएको साम्राग्रि तथा रकमको सहि सदुपयोग भयो भएन भनी बेला बेलमा निरिक्षण पनि गरीने र सो अनुरुप कार्य नभए संस्थाले कारवाहि स्वरुप संस्थाको सेवा सुविधाबाट बन्चित गराईने समेत स्पष्ट पार्नुभयो ।
त्यसैगरी सोहि कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य खड्क बस्नेतले संस्थाले गरेको यो कामको उच्च सम्मान गर्दै मुलपानी सामुदायिक वन अरु वन भन्दा फरक भएको बताउनुभयो । उहाँले यस वनले आफ्ना उपभोक्ताको आर्थिक उपार्जनका लागी गरेको यस्ता कार्यले उपभोक्तालाई राहत पुग्नुको साथै गरीवी न्यूनिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक वनका सचिव समिक्षा सिजापतीको संचालनमा सम्पन्न भएको कार्यक्रममा सव डिभिजन वन कार्यालय सुनवलका प्रमुख जय प्रकाश यादव र महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सो सामुदायिक वनमा आवद्ध सम्पुर्ण उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।




Ads