सागर पौडेल ,सुनवल।लुकाई छिपाई राखेको अवस्था आज बर्दघाटबाट करिब २ लाख ३१ हजार मुल्य बराबरको अबैध मल र चिनी बरामत गरीएको छ । बिहान २ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुर, ईलाका प्रहरी कार्यालय सेमरी र भन्सार कार्यालय महेशपुर समेतबाट खटिएको संयुक्त टोलीले बर्दघाट नगरपालीका वडा नम्बर १३ धनेवा स्थित पिताम्बर पौडेेेलको खाली गोठमा लुकाई राखेको अबस्थामा सो अबैध मल र चिनी बरामत गरेको हो ।
अनुमानित मुल्य रु.१ लाख बराबरको ३३ बोरा चिनी, रु.३१ हजार मुल्य बराबरको ३८ बोरा डिएपी र रु. १ लाख मुल्य बराबरको १ सय २१ बोरा युरिया गरी जम्मा रु.२ लाख ३१ हजार बराबरको सामान नियन्त्रणमा लिईको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी भोजराज पाण्डेले बताउनुभएको छ ।
नियन्त्रणमा लिईएको सो अबैध मल र चिनी आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ । उक्त अबैध सामान कस्को हो र कस्ले राखेको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो ।