ताजा अपडेटः

सुनवल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को १८ औ साधारणसभा एवं ८ औ अधिवेशन सम्पन्न

कल्पना खरेल
सुनवल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को १८ औ साधारणसभा एवं ८ औ अधिवेशन सम्पन्न प्रकाशित मिति: १७ पुष २०७९, आईतवार ०६:१५

कल्पना खरेल,सुनवल।सुनवल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को १८ औ साधारणसभा एवं ८ औ अधिवेशन आज सम्पन्न भएको छ । साधारण सभा संस्थाका अध्यक्ष संजय श्रेष्ठको अध्यक्षता र वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन बहादुर थापाले सहकारीले शेयर सदस्य वृद्धितर्फ लागेर पूजी वढाई जनताको जिविको पार्जनमा सहजता सहित सरल र सुलभ दरमा कर्जा प्रवाह गर्न आग्रह गर्नुभयो । थापाले सहकारीले राज्य व्यवस्थामा ठुलो योगदान पु-याएको हुनाले सरकारको पहिलो ध्यान सहकारीमा नै रहेको साथै सुनवल नगरपालीकाले पनि सहकारी मार्फत धेरै अद्यमशिलतामा ध्यान दिई कार्य गरेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संथाको अध्यक्ष संजय कुमार श्रेष्ठले गरिब र विपन्नहरुको सपथ सुनवल सामुदायिक बचत भन्ने मुल उदेश्य बोकेर २०६१ सालमा स्थापना भएको यस संस्था आजबाट १८ औ वर्षमा प्रवेश गरेको बताउनुभएको थियो । श्रेष्ठले जति धेरै बचत त्यति धेरै लगानी जति धेरै लगानी त्यति आर्जन र समुन्नत समाजको श्रृजना भन्ने नारालाई सार्थक गराउन सहकारीको माध्यमद्धारा सानो सानो बचत गरी बुढेसकालको साहारा,परिवार सुख र सपनालाई आत्मसाथ गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो ।

उहाँले संस्थाको आगामी नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष शुशिला भुषाल ढकालले संथाको बचत पूँजी ४ करोड २१ लाख ५० हजार ३ सय ७८, लगानी पूँजी ४ करोड ५० लाख ५३ हजार ८ सय ९९ र शुद्ध नाफा २ लाख ६७ हजार २ सय ७८ रहेको बताउनुभयो । साथै उहाँले कुल शेयर सदस्य ७ सय ३० जना र कुल शेयर पूँजी ४५ लाख ८३ हजार १ सय रहेको स्पष्ट पार्नुभयो ।

त्यसैगरी संस्थाको लेखा समितिको प्रतिवेदन लेखा सांयेजक रामु श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष गोविन्द ढकालको स्वागत र संस्थाका सचिव प्रेम पराजुलीको संचालनमा सम्पन्न भएको कार्यक्रममा मनीप्लान्ट साकोसका उपाध्यक्ष वल बहादुर थापा, संचारकर्मि र शेयर सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।

यसैक्रममा गोविन्द प्रसाद ढकालको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति गठन गरीएको छ । जसको उपाध्यक्षतमा शुशिला भुषाल ढकाल, सचिवमा पिताम्बर चापागाई, कोषाध्यक्षमा गंगा न्यौपाने रहनुभएको छ भने सदस्यहरुमा नरिश्वर पौडेल, रामेश्वर श्रेष्ठ, मिन बहादुर वर्देवा, मनिकला शर्मा लम्साल र निलकण्ठ भट्टराई रहनुभएको छ ।

त्यसैगरी प्रेम पराजुली लेखा संयोक रहेको लेखा समिति पनि गठन गरीएको छ । जसको सदस्यहरुमा सूर्य प्रसाद ढकाल र सुमित्रा केसि रहनुभएको छ ।




Ads