ताजा अपडेटः

दोश्रो सुनवल औद्योगिक व्यापार मेला २०७९  माघ १० गतेदेखी २२ गतेसम्म सन्चालनमा

कल्पना खरेल
दोश्रो सुनवल औद्योगिक व्यापार मेला २०७९  माघ १० गतेदेखी २२ गतेसम्म सन्चालनमा प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार १८:१९

सागर पौडेल,सुनवल।कृषि, पर्यटक र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार भन्ने मुल नाराका साथ दोश्रो सुनवल औद्योगिक व्यापार मेला २०७९ संचालन हुने भएको छ । उद्योग बाणिज्य संघ सुनवलले आज एक पत्रकार सम्मेलनको आयोजना गरी माघ १० गतेदेखी २२ गतेसम्म मेलाको आयोगना गरीएको सघका अध्यक्ष रमेश कर्मचायले बताउनुभएको छ ।

मेलामा उत्पादक र उपभोक्ता बीच  सुमधुर सम्बन्ध स्थापित गर्ने उद्येश्यले  अयोजना गर्न लागिएको यस व्यापार मेलामा  नेपालका घरेलु तथा साना, सम्झौला तथा ठूला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी कृषि जन्य र अन्य उत्पादक समेत गरी २०० स्टलहरु रहने अध्यक्ष कर्मचार्यले जानकारी दिनुभयो । ५५ लाख खर्च हुने अनुमान गरिएको मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र  मेलाबाट करिव १० करोडको कारोबार गर्ने लक्ष्य राखिएको  संघका महासचिव तेजप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

महासचिव भण्डारीले मेलालाई प्रर्दशनी तथा बिक्री कक्ष, संस्कृतिक तथा सांगितीक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र, खानपान क्षेत्र गरी मुख्य चार भागामा बिभाजन गरिएको बताउनुभयो ।

उहाँका अनुसार जडीबुडी, पर्यटन सम्बन्धी दैैनिक उपभोग्य बस्तुहरु, हस्तकला तथा तयारी पोशाक र मेलामा बगंलादेश, पाकिस्तान र भारतकमा प्रर्दशकहरुको समेत सहभागिता रहने छ । मेलामा स्थानिय कलाकार तथा राष्ट्रिय कालकारहरुको समेत बिजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मेला अवलोकनका लागी जेष्ठ नागरिकलाई निशुल्क  टिकटको व्यवस्था, विद्यार्थिलाई ७० र अन्यलाई १०० टिकटको व्यवस्था गरीएको आयोजकले जनाएको छ । साथै ४० वटा स्थानिय उद्यमीहरुले उत्पादन गरेको कृर्षिमा अधारित कृर्षि बस्तुहरुको स्टल निशुल्क  उपलब्ध गराईएको अध्यक्ष बताईएको छ ।

मेला उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुनवल नगरपालिकाको वडा न १ सोमनाथमा आयोजना गरीएको हो  ।




Ads