ताजा अपडेटः

प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको आज भएको खेलमा वडा नम्बर ४ निलो विजयी

प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको आज भएको खेलमा वडा नम्बर ४ निलो विजयी प्रकाशित मिति: १३ पुष २०७९, बुधबार ०४:१६

प्रदिप न्यौपाने,सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ मच्छेरमारा खेलमैदानमा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु भएको छ । तमुल्होछारको अवसरमा युवा लक्षित शशक्तिकरण तथा खेलकुद कार्यक्रम उपभोत्ता समिति द्धारा प्रथम वडाध्यक्ष कप फुटवल प्रयोगिता शुरु भएको हो ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ४ निलो विजयी भएको छ । वडा नम्बर ११ लाई ट्राइबेकरका आधारा हराउदै वडा नम्बर ४ निलो विजयी भएको हो । आजको खेलमा वडा नम्बर ४ किलोका किप्पर आयूष गुरुङ्ग म्यान अप द म्याच घोषित भएका छन् ।

भोलीको खेल वडा नम्बर ६ र वडा नम्बर १३ विच प्रतिस्पर्धा हुनेछ ।
सो प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुनवल नगरपालीका भित्रका १३ वटा वडाका १३ वटा टिम र आयोजक टिमबाट २ वटा टिम गरी १४ वटा टिमको सहभागिता रहेको छ ।

खेलमा विजेता टिमले ५१ हजार सगँ ट्रफि र उपविजेता टिमले ३१ हजार सगँ ट्रफि पुरस्कार पाउने छन् भने खेल अवधिभर उत्कृष्ट खेलाडिलाई १० हजार, खेल अवधिभर सर्वाधिक गोलकर्तालाई १० हजार र उत्कृष्ट गोल किप्परलाई १० हजार दिईने वडा नम्बर ४ का वडा अध्यक्ष वालकृष्ण पंगेनीले जानकारी दिनुभएको छ । आजको खेलमा स्थानीय यूवाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।



Ads