सागर पाैडेल,सुनवल । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पश्चिम नवलपरासीको नियमीत वैठक वर्दघाट वडा नम्बर ४ मा सम्पन्न भएको छ ! महासंघका जिल्ला अध्यक्ष तारा राना मगरको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न बिषयमा छलफल गरी निणर्य गरेकोे छ !
वैठकले महासंघको भवन निर्माणको कार्य शुरू गर्नको लागी नेवा गूठी बर्दघाट नगर कमिटिमा पत्राचार गर्ने र नेवा गूठी नगर कमिटिले महासंघ जिल्ला समन्वय परिषदको भवन निर्माणको निम्ति निणर्य गरी परिपत्र गराउने निणर्य पारित भएको छ !
त्यसैैगरी मशिंर ४ को प्रतिनिधि र प्रदेश सभा सदस्यमा निर्वाचन सदस्यमा यस जिल्लाबाट निर्बाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई महासंघ जिल्ला समितिले सम्मान गर्ने निणर्य पारित भएको महासंघका सल्लाहकार सदस्य मन बहादुर थापा मगरले बताउनु भएको छ! बैठकमा सल्लाहकार संयोजक देवराज चौधरी सल्लाहकार इन्द्रबहादुर गुरुङ्ग सल्लाहकार मिलन तमु लगाएतको उपस्तिथि रहेको थियो!