ताजा अपडेटः

प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ८ विजयी

कल्पना खरेल
प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ८ विजयी प्रकाशित मिति: १० पुष २०७९, आईतवार १९:१६

प्रदिप न्यौपाने,सुनवल पश्चिम नवलपरासीको सुनवल ४ मच्छेरमारा खेलमैदानमा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु भएको छ । तमुल्होछारको अवसरमा युवा लक्षित शशक्तिकरण तथा खेलकुद कार्यक्रम उपभोत्ता समिति द्धारा प्रथम वडाध्यक्ष कप फुटवल प्रयोगिता शुरु भएको हो ।

प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेल वडा नम्बर ५ र वडा नम्बर ८ विच सम्पन्न भएको छ । जसमा ट्राइवेकरमा वडा नम्बर ८ ले वडा नम्बर ५ लाई २ का विरुद्ध ३ गोल गर्दै विजयी भएको छ ।
भने साे खेलमा वडा नम्बर ८ का जर्सि नम्बर १ का मिन बहादुर बोहरा म्यान अफ दि म्याच घोषित भएको खेलका आर्थिक संयोजक टेक बहादुर पुनले बताउनुभएको छ ।
सो प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुनवल नगरपालीका भित्रका १३ वटा वडाका १३ वटा टिम र आयोजक टिमबाट २ वटा टिम गरी १४ वटा टिमको सहभागिता रहेको छ ।

खेलमा विजेता टिमले ५१ हजार सगँ ट्रफि र उपविजेता टिमले ३१ हजार सगँ ट्रफि पुरस्कार पाउने छन् भने खेल अवधिभर उत्कृष्ट खेलाडिलाई १० हजार, खेल अवधिभर सर्वाधिक गोलकर्तालाई १० हजार र उत्कृष्ट गोल किप्परलाई १० हजार दिईने वडा नम्बर ४ का वडा अध्यक्ष वालकृष्ण पंगेनीले जानकारी दिनुभएको छ । खेलको आज दोस्रो दिन क्रिसमको विदा परेकोले ले पनि नगर भित्रका विद्यार्थिहरु र यूवाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।




Ads