ताजा अपडेटः

सर्वाङ्गीण कृर्षि सहकारी सस्थां लि.को २२ औं वार्षिक सधारणसभा सुनवलमा सम्पन्न

कल्पना खरेल
सर्वाङ्गीण कृर्षि सहकारी सस्थां लि.को २२ औं वार्षिक सधारणसभा सुनवलमा सम्पन्न प्रकाशित मिति: ९ पुष २०७९, शनिबार १९:३९

कल्पना खरेल,सुनवल।सर्वाङ्गीण कृर्षि सहकारी सस्थां लि.को २२ औं वार्षिक सधारणसभा आज सुनवलमा सम्पन्न भएको छ । साधारणसभा संस्थाका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा सुनवल नगरपालीका वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर थापाको प्रमुख आतित्थ्यतामा सप्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष उपाध्यायले कृर्षि उपजको उत्पादन गरौं आत्मनिर्भर बनौं भन्ने उद्देश्यका साथ २२ बर्ष अगाडि संस्थाको स्थापना गरी हाल २२ सय ८१ शेयर सदस्य रहेको जानकारी गराउनुभएको थियो । उहाँले फजुल खर्च घटाई बचत गर्ने बानी बसाल्ने, आपसी भाईचाराको विकाश गर्ने ,स्वरोजगार हुँदै ग्रामीण क्षेत्रमा व्यवसायिक कृर्षि गर्न प्रोत्साहन गर्ने लगाएतका काम गर्देै सस्ंथा अगाडी बढेको उल्लेख गर्नुभएको थियो।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर १ का वडाध्यक्ष मन बहादुर थापाले सर्वाङ्गीण कृर्षि सहकारीले कृर्षिको प्रवर्द्धन गर्दै कृषकलाई सहुलियत रुपमा बीउ मल उपलब्ध गराइएको भन्दै आगामी दिनमा अझै सेवा विस्तार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
साधरण सभामा संस्थाका सल्लाहकार समिति सदस्य कृष्ण बन्धु अर्याल, सल्लाहकार रुक्मागत बस्याल, जनकल्याण बहुउद्देश्यीय सहकारी सस्ंथाका अध्यक्ष दयाराम भण्डारी, सुनवल नगरपालीका वडा नम्बर ६ का वडाध्यक्ष हेमलाल चापागाईं,कार्यपालीका सदस्य सिता तिमल्सिना लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सस्ंथाका कोषाध्यक्ष हरि चापागाईंले आर्थिक बर्ष २०८७/०७९ मा कुल आम्दानी २ करोड ८३ लाख ६९ हजार भएकोमा खर्च २ करोड ४४ लाख ८ हजार ४ सय ४१ भई ३९ लाख ६० हजार शुद्ध नाफा भएको बताउनु भयो ।
सस्ंथाका उपाध्यक्ष रुद्रनाथ लामिछोको स्वागत मन्तब्य रहेको कार्यक्रम को सन्चांलन संस्थाका सचीव कृष्ण प्रसाद अर्यालले गर्नु भएको थियो ।
सस्थांले आर्थिक बर्ष २०७८/७९ मा एस इइ र स्तानक पास गरेका शेयर सदस्यका ९ जना छोराछोरीहरुलाई प्रसंशापत्र सहित उपहारका साथ सम्मान गरेको छ भने ८० बर्ष पूरा भएका ८ जना जेष्ठ शेयर सदस्य एवम् शेयर धनीका बुबा आमालाई उपहार र दोसल्ला ओढाएर सम्मान गरीएको छ शेयर सदस्यलाई सम्मान गरेको सस्ंथाका ब्यावस्थापक सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।




Ads