ताजा अपडेटः

पश्चिम नवलपरासी को बर्दघाटमा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने

पश्चिम नवलपरासी को बर्दघाटमा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने प्रकाशित मिति: ७ पुष २०७९, बिहीबार २३:२१

रामु भुसाल, बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट ४ क्याम्पा चौर खेलमैदानमा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने भएको छ।
क्याम्पा चौर खेलमैदानमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगितको विषयमा  जानकारि गरीएको हो ।

पत्रकार सम्मेलनमा पुष ८ गतेदेखि २३ गते सम्म सन्चालन हुन गईरहेको प्रथम वडा अध्यक्षकप फुटवल प्रतियोगितामा नगर भित्र का सबै वडा बाट १६ टिम को सहभागिता रहने आयोजक ले जानकारी दिएको छ।

बर्दघाट नगरपालीका वडा नम्बर ४ को आर्थिक सहयोग र गौतमबुद्ध सामुदायिक बिकास प्रतिस्ठानको आयोजनामा हुनगईरहेको यूवा लक्षित शसक्तिकरण तथा खेलकुद कार्यक्रम अन्तर्गत सो प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुन लागेको बर्दघाट ४ का वार्डअध्यक्ष बेदबिना तिवारी ले बताउनु भयो।

पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर ४ का वडा सदस्य  जनक रावलले यूवालाई खेलप्रति रुचि बढाउन र खेलाडिको क्षमतालाई प्रष्फुटन गराउने उदेश्यले सो खेल प्रतियोगिताको आयोजना गरीएको बताउदै वार्ड ले वडा भित्र रहेका क्लब हरु लाई सक्रिय बनाउदै प्रतेक बर्ष अलग अलग क्लब द्वारा खेल को आयोजना गरिने बताउनु भयो । उहाँले वार्ड ले खेलकुद लागी वडाबाट ३ लाख छुट्याइएको र त्यस मध्य ५० हजार बराबरको खेलकुद सामाग्री वार्ड भित्र का बिद्यालय र क्लब हरु लाई वितरण गरिने र बाकि रकम प्रतियोगिता को लागि आर्थिक सहयोग गरेको समेत बताउनुभएको थियो ।

यसैगरी सो सम्मेलनमा बोल्दै आयोजक क्लब का सचिव सन्तोष गुरुङले  खेलमा प्रथम हुने टिमलाई ५० हजार र ट्रफि र दोस्रो हुने टिमलाई ३० हजार र ट्रफि पुरस्कार का साथै खेल अवधिभर उत्कृष्ट खेलाडिलाई ५ हजार, सर्वाधिक गोलकर्तालाई ५ हजार र उत्कृष्ट गोलकिप्परलाई ५ हजार  समेत दिईने जानकारी गराउनुभएको थियो ।

प्रतियोगितामा अनुमानित करिब ४ लाख खर्च हुने अनुमान गरिएको क्लबका सदस्य यबम खेल समयोजक चित्र बाहादुर बर्मा ले जानकारी दिदै बाकी रकम खेलप्रेमी सङ सहयोग लिने जानकारी दिनु भयो।

आयोजक क्लब का अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न  पत्रकार सम्मेलनमा वडा समितिका सदस्यहरु, आयोजक समितिका पधाधिकारि पत्रकारहरुको सहभागिता रहेको थियो ।



Ads