ताजा अपडेटः

सुनवल नगरपालीकाको विकास निर्माण र सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कल्पना खरेल
सुनवल नगरपालीकाको विकास निर्माण र सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न प्रकाशित मिति: १ पुष २०७९, शुक्रबार १९:१७

कल्पना खरेल,सुनवल।पश्चिम नवलपरासीको सुनवलमा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सुनवल नगरपालीकाको आयोजनामा सुनवल नगरपालीकाको विकास निर्माण र सेवा प्रवाह सम्बन्धी सो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख विमला अर्यालको अध्यक्षतामा एवं सामुदायिक रेडियो सुनवल र सामुदायिक रेडियो परासीको सहजिकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपप्रमुख सुर्यप्रसाद दुवे, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, कार्यपालीका सदस्यहरु, नगरभित्रका १३ वटै वडाका वडा अध्यक्ष, इलाका प्रहरी कार्यालयका इन्चार्ज विष्णु पौडेल, स्वास्थ्यकर्मि, पत्रकार र स्थानियवासीको सहभागिता रहेको थियो ।
हाल स्वीकृत भई कार्यान्वयनमा रहेका निति कार्यक्रम र बजेटको समग्र प्रगति विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले आगामी २०७९/८० को निति कार्यक्रम तथा बजेट का लागी १८ करोड विनियोजन गरी नगर सभा सम्पन्न गरीएको बताउनुभयो । उक्त ११ औ नगर सभाले विकासका दिर्घकालीन महत्वपूणर् योजनाहरु प्राथमिकरण गरेको उल्लेख गर्नुभयो ।
उहाँले महत्वपूणर् कार्यक्रम अन्तर्गत महिला वालवालिका सगँ मेहर कार्यक्रम, गरीव सगँ उपमेहर कार्यक्रम, नगरप्रमुख छात्रवृति स्थापना, उपमेहर आवास विहिन कार्यक्रम संचालन, ५ वर्षभित्र पूणर् पोषण सुनिश्चित गरी नगरपालीलाई पोषणमैत्री नगरपालीका घोषणा गरीने बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत मरासिनीले ५ वर्षभित्र कम्तिमा ६ वटा वडा कार्यालयको निर्माण, ३ वटा नमुना सडक निर्माण, नगर चक्रपथको निर्माण, धार्मिक तथा पर्यटकिय विकासका लागी सुनवल सर्किटको निर्माण, निशुल्क आवाशिय विद्यालयको स्थापना, तिलकनालाई सुन्दर वस्तिको रुपमा निर्माण लगाएतका विभिद कार्ययोजनाको जानकारी दिनुभएको थियो ।
त्यसैगरी उहाँले प्रत्येक वडामा निशुल्क फोटोकपिको व्यवस्था, सवैवडामा नेटवर्क सेवाको व्यवस्था, प्राकृतिक स्रोत तथा नदिजन्य बस्तुको चोरी निकासी रोक्न सम्यन्त्रको परिचालन, मृगौला रोगीलाई उपचारका लागी गौतमबुद्ध मुटु अस्पताल सगँ सहकार्य गरी सुनवलमा मृगौला डाइलोसिस सेन्टर संचालन गरीने लगाएतका योजनाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
यसैविच सार्वजनिक सुनुवाई कार्यक्रममा खुल्ला सत्रको आयोजना गरी सहभागिले नगरपालीकाको काम र कर्तव्यको मुल्याङ्गक गरीएको थियो । सहभागिले नगरपालीले चौपायाको व्यवस्था गर्नुपर्ने, खोला चोरी निकासी रोक्नुपर्ने, बजार व्यवस्थापन गर्नुपर्ने, सरकारी विद्यालयमा मासिक शुल्क निशुल्क हुनुपर्ने, चाडपर्वमा हुने चोरी निकासी नियन्त्रण गरीनुपर्ने लगाएतका माग र जिज्ञासा राखेका थिए । नगरबासिको माग र जिज्ञासालाई नगरप्रमुख अर्याल, उपप्रमुख दुवे, प्रमुख प्रशासकिय अधिकृत मरासिनी र वडा अध्यक्षहरुले सम्बोधन गर्नुभएको थियो ।
सो कार्यक्रमको संचालन रेडियो परासीका स्टेशन म्यानेजर विकाश अधिकारीले गर्नुभएको थियो ।




Ads