ताजा अपडेटः

समाजमा विद्यमान हानिकारक अभ्यास सम्बन्धि मधेश केन्द्रित अन्तरक्रिया कार्यक्रम  सम्पन्न

कल्पना खरेल
समाजमा विद्यमान हानिकारक अभ्यास सम्बन्धि मधेश केन्द्रित अन्तरक्रिया कार्यक्रम  सम्पन्न प्रकाशित मिति: १८ मंसिर २०७९, आईतवार १८:५९

सुनवल। सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नारा सहित आज सुनवल समाजमा विद्यमान हानिकारक अभ्यास सम्बन्धि मधेश केन्द्रित अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजना र सुनवल नगरपालीकाको सहकार्यमा लैङ्गिक हिसां विरुद्धका १६ दिने अभियान अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय महिला आयोगकी माननिय सदस्य जया घिमिरेको अध्यक्षता र सुनवल नगरपालीको नगरप्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय महिला आयोगको उपसचिव ओमकार शाहले कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख अर्यालले महिला हिंसा अन्त्यका लागी हानिकारक परम्परागत अभ्यासहरु बालविवाह, छाउपडी, तिलक, दाइजो, लिङ्ग पहिचान गरी गरिने गर्भपतन आदि विरुद्ध सचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यक रहेको बताउनुभएको छ ।
साथै उहाँले सुनवल नगरपालीका भित्र महिला माथि हिसां हुन नदिने भन्दै सदैब महिला हिंसाको विरुद्ध काम गर्न कटिवद्ध रहेको समेत बताउनुभयो ।
विष्णु कुमारी न्यौपानेको संचालनमा भएको कार्यक्रममा सुनवल नगरभित्रका १३ वटै वडाका वडा अध्यक्ष, कार्यपालीका सदस्य, स्वास्थ्यकर्मि, विद्यालयका शिक्षिका, सुरक्षाकर्मि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।




Ads