समाबेसी बिकासका लागि रुपान्तरित समाधान, पहुचयुक्त्त र समातामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधन, भन्ने मुल नाराका साथ आज सुनवलमा नगरस्तरीय अपांगता नगर संजाल गठन कार्यक्रम सम्पन्न भएको छ । ३१ औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर सुनवल वडा नम्बर १ बालमैत्री सिकाइ केन्द्र सोमनाथमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय प्रमुख भक्तीराम मरासिनी, नगर प्रबक्ता कृष्ण प्रसाद बगाले, वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा, वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण पङ्गेनी, वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रलाल तिवारी, ६ का वडा अध्यक्ष हिमलाल शर्मा, ७ का वडा अध्यक्ष नारायण अचार्य, ९ का वडा अध्यक्ष बिरबल चौधरी, सन्जय श्रेष्ठ लागाएत विभिन्न अपाङ्ग छेत्रमा कार्यरतको उपस्थिति थियो ।
साथै नगर भित्र रहेका अपङ्ता र भिन्न क्षमता भएका बालबालीकाको पनि उपस्थिति रहेको वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले जान्कारी दिनु भयो ।
महिला तथा बालबालीका शाखा सह इन्चार्ज सरिता पौडेलले संचालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तब्य महिला तथा बाल विकाश साखा प्रमुख केसरी गैरेले गर्नुभएको थियो ।