सुनवल । राष्ट्रिय स्वतन्त्र पार्टी परासी क्षेत्र नम्बर २ का उम्मेदवार मदन पौडेल (राज) ले आफ्नो चुनावी खर्च आज सार्वजनिक गरेका छन् ।
प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका पौडेलले अाफ्नाे चुनाबी खर्च सार्वजनिक गर्दै चुनावी अभियानमा १ लाख २७ हजार ८ सय ७५ रूपैयाँ खर्च भएको बताएका हुन ।
सुनवल -५ बनकट्टिको सहिद बिष्णु प्रसाद पान्डे स्मृति प्रतिस्ठानमा सम्पन्न चुनाबी प्रचारप्रसार समिक्षा बैठकमा पौडेलले हिजाे जिल्ला निर्वाचन कार्यलय लाई आफ्नो चुनाबी खर्च बुझाएको बताएका थिए ।
पौडेलले छोटो समयमा आफुलाई बिस्वास गरेर मत लगानी गर्नु हुने सम्पूर्ण मतदातालाई धन्यवाद दिदै अगामी दिनमा विभिन्न माध्यम बाट जनताको सेवामा कटिबद्ध भएर दिनरात लागि पर्ने बताए ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति बिनोद कंडेल, उपसभापति सागर पौडेल,जिल्ला सदस्य,सुनवल नगर सदस्य ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।