ताजा अपडेटः

अनेरास्ववियु पश्चिम नवलपरासीले विज्ञप्ति मार्फत आयडिकाे हत्यामा संलग्न आराेपितलाई कारबाहिकाे माग

अनेरास्ववियु पश्चिम नवलपरासीले विज्ञप्ति मार्फत आयडिकाे हत्यामा संलग्न आराेपितलाई कारबाहिकाे माग प्रकाशित मिति: १३ मंसिर २०७९, मंगलवार १८:०४

कल्पना खरेल,सुनवल।अनेरास्ववियु पश्चिम नवलपरासीले आज एक विज्ञप्ति जारी गर्दै एमाले निकट विद्यार्थी नेता चेतन आयडीको हत्यामा संलन आरोपितलाई कारवाहिको माग गरेको छ ।
पटक-पटक सरकारलाई ध्यानाकर्षण गराएपनि सरकारले हत्यामा संलग्न दोषिलाई कारबाहिको साटो सरंक्षण गरेको आरोप लगाउदै सरकार समक्ष तत्काल दोषिलाई कारवाहिको माग गरेको हो ।
अनेरास्ववियूले अपराधिलाई कारभाहि गर्नुपर्ने माग गर्दै शान्तिपूणर् प्रदर्शन गरिरहेका अनेरास्ववियु बाजुराका अध्यक्ष लगाएतका नेताहरुलाई गिरफ्तार गरी झुटो मुद्धामा हिरासतमा राखेको प्रति खेद प्रकट गर्दै तत्कार सत्यतत्थ्य छानविन गरी दोषिउपर कारवाहिको माग गर्दै सरकारलाई ध्यानाकषणर् पत्र बुझाएको हो ।
अनेरास्ववियू नवलपारीका अध्यक्ष निरज पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा मृतकका परिवारले सप्रमाण किटानी जाहेरी दिएकाहरुलाई तत्काल पक्राउ गरी कारबाहि गर्नुपर्ने, मृतक परिवारका सदस्यलाई उचित क्षतिपूर्ति र भरणपोषण सहित ऐडिको छोराको उच्च शिक्षा सम्मको जिम्मा सरकारले लिनुपर्ने, हिरासतमा राखेका कार्यकर्ताहरुको झुटो मुद्धा खारेज गरी विना शर्त रिहाई गर्नुपर्ने, मृतक ऐडिलाई सहिद घोषणा गर्नुपर्ने र उनको स्मृतिमा पार्क निर्माण गर्नुपर्ने माग गरीएको छ ।
साथै अनेरास्ववियू नवलपरासीले मसिंर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा बाजुरा त्रिवेणि नगरपालीका वडा नम्बर ७ स्थित मतदान स्थलमा भएको विवादलाई विषयान्तर गरी सत्ता गठबन्धनका कार्यकर्ताले राति आफ्नै घरमा सुतिरहेको अवस्थामा एडीको विभत्स हत्या गरेको आरोप लगाएको छ ।
मृतक एडी अनेरास्ववियू सुदुरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीकाअध्यक्ष हुनुहुन्थ्यो ।



Ads