ताजा अपडेटः

भूकम्पले घर भत्किदा तीन जनाको मृत्यु

कल्पना खरेल
भूकम्पले घर भत्किदा तीन जनाको मृत्यु प्रकाशित मिति: २३ कार्तिक २०७९, बुधबार ०५:२२

डोटि।डोटिमा बुधबार राति २ बजेर १२ मिनेटमा    ६.६ म्याग्निच्यूडकाे भूकम्प जाँदा घर भत्किएर तीन जनाको मृत्यु भएको छ ।

पुर्वीचौकि गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्किएर तीन जनाको मृत्यु भएको छ ।उनीहरुको सनाखत हुन बाँकी छ ।  अन्य घाइतेको उद्दार गरिएको  अध्यक्षले बताए ।

  गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ ।

यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे।




Ads