काठमाण्डाै । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
९ सय २४ जनाको पीसीआर र एन्टिजेन नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप २९ जना कोरोना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय पाँच जनामा झरेको छ ।