ताजा अपडेटः

नेकपा माले सुनवल नगर कमिटी पुर्नगठन

कल्पना खरेल
नेकपा माले सुनवल नगर कमिटी पुर्नगठन प्रकाशित मिति: ४ भाद्र २०७९, शनिबार १९:५२

सुनवल।पश्चिम् नवलपरासीको सुनवलमा नेकपा मालेले सुनवल नगर कमिटी पुर्नगठन गरेको छ ।

भेलाले सचिव मधु गोतामे रहने गरि ९ सदस्यीय नगर कमिटि गठन गरेको छ जस्को सदस्यहरुमा सरिता कुहार,सुकुमाया नेपाली,बलराम रोक्का,सीता रोक्का,मनु कवर,जानकी कुहार,मनिता कुवर ,लक्ष्मी खत्री क्षेत्री रहनु भएको छ ।

नेकपा माले जिल्ला सचीव तथा केन्द्रीय सदस्य भरत पान्डे, पोलिटब्युरो सदस्य मनशोभा पान्डेयको उपस्थितिमा कार्यसमिती पुर्नगठन गरिएको हो ।

भेलामा आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनाबमा जिल्ला समिती नगर समिती तथा सम्पुर्ण कार्यकर्ता लाई निरन्तर कसरी लाग्ने भन्ने बिषयमा छलफल हुनुका साथै पार्टिका बिचार,सिद्धान्त,एजेन्डा गाउँ टोलटोलमा कसरी पुराउन्ने भन्ने बिषयमा छलफल गरिएको थियो ।

भेलामा बोल्दै नेकपा माले जिल्ला सचीव तथा केन्द्रीय सदस्य भरत पान्डेले नेपालमा अहिले हिन्द प्रसान्त राजनिती र हिन्द प्रसान्त रणनिती अनुसार येहाको गठबन्धनको सरकार बनेको छ ,जसले एकपछी अर्को रास्ट्रघात गर्दै गएको छ, आउदो मंसिर को चुनाबमा हिन्द प्रसान्त राजनिती बोक्ने काङ्ग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्ने अभिभारा लिएर जनतामा जानुनै आजको आवस्यकता हो। त्यसैले मंसिर ४ गते हुने चुनावमा निरन्तर लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको थियो ।




Ads