सुनवल। बालमैत्री नगर घोषणा दिवसको अवसर पारेर पश्चिम् नवलपरासीको सुनवल नगरपालीकामा ट्राफिक नियम सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखि कार्यक्रम सुनवल नगरपालीकाको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख तथा कार्यक्रममा अध्यक्ष विमला अर्यालले वाल बचाउ,बाल संरक्षण,बाल विकास र बाल सहभगिता लगाएतका बालमैत्रिको प्रमुख सुचकलाई प्राथमिकता मा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
सुनवल नगरपालीका बाट शुरु भएको बालमैत्री हाल आएर नेपाल भरीनै घोषणा गर्ने अभियान को रुपमा चलेको प्रति खुशि व्यक्त गर्दै यसको दिगोपनाको लागी आफुले काम अघि बढाउने प्रतिबद्धाता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै सुनवल नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले बालमैत्री स्थानीय शासन विकासात्मक काम भित्र पर्ने र यसलाई राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा चिनाउने पर्वको रुपमा मनाउन स्थानिय सरकार बाट पहल गर्ने बताउनुभयो ।
यस्तै इलाका प्रहरी कार्यालय सुनवलका इन्चार्ज विष्णु पौडेलले ट्राफिक सम्बन्धी नियमहरु,दुर्घटना हुने कारणहरु, ट्राफिक चिन्नहरु,सडक रेखाहरु,कस्तो सवारी साधनलाई प्राथमिकता दिने,ट्राफिक नियम मिचेमा कति सम्म जरीवाना लिने लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
सुनवल नगर उपप्रमुख सुर्य प्रसाद दुवे,वडा नमबर १ का वडा अध्यक्ष मन बहादुर थापा,वडा नम्बर ४ का वडा अध्यक्ष वालकृष्ण पंगेनी,वडा नम्बर ६ का वडा अध्यक्ष हिमलाल चापागाई,वडा नम्बर ९ का वडा अध्यक्ष विरवल चौधरी लगाएतको उपस्थिती रहेको थियो ।
त्यसैगरी शुभकामना मन्तव्य राख्दै नगर संजालका अध्यक्ष निकित बढाथोकीको स्वागत र महिला बाल तथा बालबालिका प्रमुख केशरी गैरेसंचालन गर्नुभएको कार्यक्रममा नगरभित्रका २ सय भन्दा बढि बालवालीकाको सहभागिता रहेको थियो ।