ताजा अपडेटः

प्रदिप प्रखर पोखरेल को सृजनामा “के घर के माइती ” गित चर्चामा

कल्पना खरेल
प्रदिप प्रखर पोखरेल को सृजनामा “के घर के माइती ” गित चर्चामा प्रकाशित मिति: ६ श्रावण २०७९, शुक्रबार १०:३२

बुटवल। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गएको छ । तिज नजिकिदै गर्दा सर्जक तथा गायक तिज गित बजारमा ल्याउन रातदिन लागि परेका छन भने बजारमा निस्केका तीजका गीतले युटुव, टिकटक लगायतका सामाजिक सञ्जाल तताउन थालेका छन् ।

तिज गित बजारमा ल्याउने क्रममा कसैले दुख पिडाका गित ल्याएका छन भने कसैले दुख पीडा भुलेर नाचम नाचम खाले यसै क्रममा प्रदिप
प्रखर पोखरेल को सृजनामा “के घर के माइती ” गित बजारमा ल्याएका आएको छ ।

अर्जुन सापकोटा र पुजा देवकोटाको आवाज रहेको उक्त गितलाई महेश बिक्रम पान्डेय र रमेश शर्मालेले लय हालेका छन ।

बिष्णु निराकरले छयाङ्कन गरेको उक्त भिडियोलाई महेश बिक्रम पान्डेयले निर्देशन गरेका छन ।

रमेश शर्माको अफिसियल युटुब च्यानल बाट बजारमा आएको गितको भिडियोमा मनि सापकोटा,एकेन्द्र बोहोरा,दुर्गा के.सि,पवन कुमार चेपाङ, अङ्कित गोतामे, बुद्ध लक्ष्मी श्रेष्ठ,र रुदास खतानी लाई देख्न सकिन्छ ।




Ads