ताजा अपडेटः

पर्वतको विहादी १ बाच्छामा करेन्ट लागेर वडा सदस्यको मृत्यु

कल्पना खरेल
पर्वतको विहादी १ बाच्छामा करेन्ट लागेर वडा सदस्यको मृत्यु प्रकाशित मिति: ३२ असार २०७९, शनिबार १९:३६

पर्वत । पर्वतको विहादी गाउँपालिका वडा नं. १ बाच्छामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विहादी गाउँपालिका वडा नं. १ बाच्छाका ३९ वर्षिय दिपक गुरुङ रहेका छन ।

आज सनिवार दिउँसो घरमा टाँगिएको फलामको तारको माध्यमबाट करेन्ट लागेर उपचारको लागि पर्वत अस्पतालमा लैजादै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

कपडा सुकाउने तारमा विद्युतको करेन्ट प्रवाह भएकोले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक गुरुङका दुई छोरी, एक छोरा र श्रीमती रहेका छन् ।

गुरुङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा बिजयी भएका थिए ।




Ads