वसन्त सापकोटा,सुनवल।ईन्द्रेणी सामाजिक विकास मन्च र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालीत आधारभुत स्वास्थ्य परियोजना अन्तर्गत सामुदायीक स्वास्थ्य प्रत्याङ्क बोर्ड र साथ कार्यक्रमको दोस्रो चरणको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सुनवल वडा नम्बर ८ का वडा अध्यक्ष देउ बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य संस्थाबाट परिचालीत सम्पुर्ण महिला स्वयंम सेवीका,स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका सदस्यहरु, वडा नम्बर ८ को स्वास्थ्य चौकीमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी, आधारभुत स्वास्थ्य परियोजनाका परियोजना अधिकृत किरण श्रेष्ठ,सामाजिक परिचालक वसन्त सापकोटा लगायत २७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै यस स्वास्थ्य सस्था प्रमुख डिल्लीराज पराजुलीले यो कार्यक्रम राम्रो र रहेको र यसको लागि गर्नु पर्ने सहयोग यश स्वास्थ्य सस्थाबाट गरिने बताउनु भयो भने वडा अध्यक्ष गुरुङले पनि यस वडामा कृष्ठरोगको लागि बजेट छुट्टाउन पहल गर्ने बताउनु भयो ।
सो अभिमुखिकरण कार्यक्रम सुनवल वडा नम्बर ८ को स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो ।